देउवा अर्ली इलेक्सनमा सकारात्मक हुन् ? भन्छन्- गठबन्धनले जे भन्छ, त्यही हुन्छ

डिसी नेपाल
५ कार्तिक २०७८ १०:४०
112
Shares

धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखमा ताजा जनादेश (अर्ली इलेक्सन) गर्नेबारे सत्ता गठबन्धनसँग छलफल गर्ने भएका छन्।

प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीले ‘ताजा जनादेशको विकल्प नरहेको’ बताउँदै आएका बेला प्रधानमन्त्री देउवाले अर्ली इलेक्सनमा आफू सकारात्मक रहेको सन्देश दिन खोजेका छन्।

शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार शिवराज भट्टले ‘वैशाखमा ताजा जनादेश कतिको सम्भव’ छ आशयको प्रश्न गरेका थिए। जवाफमा देउवाले यसबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताए।

अहिले कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ। कांग्रेसकै नेताहरू अर्ली इलेक्सनमा सकारात्मक रहेका बेला देउवाको यो भनाइ बाहिर आएको हो।

यद्यपि, यसबारे आफू एक्लैले भनेर नहुने बताएका छन् । उनले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *