कोरोना महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ : माेदी

डिसी नेपाल
६ कार्तिक २०७८ ९:२३
108
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि दृढ रहेको बताएका छन्।

भारतले एक सय करोड नागरिकलाई खोप लगाएको अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत दिएको बधाईको प्रतिउत्तरमा मोदीले महामारीविरुद्ध संयुक्त रूपमा लड्न नेपालसँग सहकार्य गर्न दृढ रहेको बताएका हुन्। उनले भनेका छन्, कामना छ हाम्रो चिरस्थायी सभ्यतागत सम्बन्ध बलियो हुँदै जानेछ।’

प्रधानमन्त्री देउवाले शुक्रबार भारतीय समकक्षी माेदीलाई बधाई दिँदै खाेप उपलब्धीले छिमेकी र मित्र राष्ट्रलाई पनि सुरक्षा सुनिश्चितता गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *