प्रदेश १ ले आज नयाँ मुख्यमन्त्री पाउँदै

डिसी नेपाल
७ कार्तिक २०७८ १०:१३
788
Shares

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन प्रदेशसभामा पेस गरेको प्रस्तावमाथि आइतबार मतदान हुँदै छ।

प्रदेश १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री आचार्यले प्रस्ताव पेस गरेका थिए । आइतबार दिउँसो साढे १२ बजे बस्ने बैठकमा उक्त प्रस्तावलाई मत विभाजनमा लैजाने सार्वजनिक कार्यसूचीमा उल्लेख गरिएको छ ।

सरकारमा रहेको दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । संसद सचिवालयमा भने गत २५ असोजमा मुख्यमन्त्री आचार्यले सूचना दर्ता गराएका थिए।

९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्छ। जसमा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टीका तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन्। राप्रपाका १ सांसद भने कतै खुलेका छैनन्।

केन्द्रीय सत्तारुढ गठबन्धन दलले प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश सरकारको चाबी बुझाउने निर्णय गरिसकेको छ। नेकपा एसले मुख्यमन्त्रीमा राजेन्द्र राईलाई अगाडि सारेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *