बोलेर होइन, गरेर देखाउनु छ : रामकुमारी झाँक्री मन्त्री, शहरी विकास

डिसी नेपाल
७ कार्तिक २०७८ १३:३४
640
Shares

काठमाडौं। नेपाली राजनीतिले नयाँ खेलहरु र खेलाडीहरु देखाइराखेको छ। सर्बोच्च अदालतलेपनि मन्त्रिमण्डलमा भाग खोजेको समाचारले नेपाली राजनीति तरंगित मात्र बनाएन, देशको कुनैपनि अंगले राम्रोसँग काम नगर्ने र व्यवस्था नै असफल त हुने होइन भन्ने आशंका उत्पन्न भएको छ।

परामादेशबाट बनेको सरकार भनेर प्रमुख प्रतिपक्षी दल एमालेले आरोप लगाइरहँदा त्यसैलाई पुष्टि गर्ने गरी नयाँ तथ्यहरुपनि बाहिरिरहेका छन्। यो विषय निकै संबेदनशील विषय बनेको छ। देश बाढिपहिरोले आक्रान्त हुँदा प्रधानमन्त्री शेरबहादुर देउवाले तपाईं बड्ता बोल्दै हुनुहुन्छ भनेर एक बाढी पीडितलाई हकारे भने, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जिपलाईनमा मनोरन्जन गर्न पुगे।

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो कामले गिनिजबुकमा रेर्कड तोड्ने काम गरेको भन्दै मज्जालै हँसाए। यसरी देशको राजनीति तातिरहेको छ। त्यस्तै दोस्रो पूस्ताले नेतृत्व गर्नुपर्ने बहस चलिरहँला नेकपा (एकीकृत समाजवादी)को तर्फबाट शहरी बिकाश मन्त्री बनेकी रामकुमारी झाँक्रीले नयाँ आश देखाएकी छिन्।

तर काम कस्तो, र कुसरी, गर्ने हो भनेर हेर्न बाँकी नै छ। आगामी सरकारका काम, पार्टी जिम्मेवारी, सर्बोच्च अदालतको बिषयमा केन्द्रित रहेर मन्त्री झाँक्रीसँग डिसी नेपालका अर्जुन दाहालले कुराकानी गरेको सम्पादित अंशः

निकै चुनौतीपूर्ण अवस्थामा मन्त्री बन्नुभएको छ, यसलाई अवसरको रुपमा प्रयोग गर्न कतिको सजिलो होला ? र रामकुमारी झाँक्री पनि मन्त्री बन्ने तथ्यांकमा मात्र रहने हो काम गर्न सक्दैन भनेर व्याख्या गर्नेहरुपनि छन्। यसलाई के ठान्नुहुन्छ ?

तपाईंले भने जस्तै कुनैपनि काम गर्न चुनौती नै हुन्छ। तर त्यो चुनौतीलाई मैले अवसरको रुपमा लिएको छु। त्यसकारण म हरेक चुनौतीलाई अवसरको रुपमा लिने गर्दछु। अर्को कुरा मलाई भेटेर जतिपनि बधाई शुभकामना दिन आउने शुभचिन्तक, आफन्त, साथीहरु जतिपनि हुनुहुन्छ, उहाँहरुको भनाइ पनि जुन उच्च शिरका साथ सिंहदरबार प्रवेश गरेको छौ, सोही अवस्थामा मन्त्रालयबाट निस्केको हेर्न पाउँ भन्ने नै छ।

प्रधानमन्त्री र पार्टी अध्यक्षले चाहँदा यी टिमहरु फेरिन नसक्ने भन्नेपनि हैन। यी कुनै सहमति हुने विषय पनि हैन। किनभने मेरो पार्टीले पठाएकै कारण म मन्त्री भएको हो। तर प्रधानमन्त्रीले तिम्रो दलबाट यो मान्छे मन्त्री बन्न सक्दैन भन्दापनि हट्नसक्ने प्रणाली हो। त्यसकारण यि सबै कुराहरु अस्थायी कुरा हुन्।

मन्त्री पद भनेको अस्थायी पद हो। सीमित समयको लागि हुने गर्दछ। त्यसकारण मन्त्रालयबाट फर्कदा पनि उच्च शिर लिएर फर्कनु भन्नेहरु नै धेरै पाएको छु। यी सबै कुराहरु म र मेरो पुस्ताप्रतिको शुभेच्छा हो। त्यसकारणले मैले अवसरको रुपमा लिएको छु।

बुझ्दिनु पर्ने अर्को कारण के हो भने नेपालको संविधान र विद्यमान ऐन कानूनको अधिनमा रहेर गर्नुपर्ने काम हुन्छ। नेपालको आवधिक विकाशको कुराहरु छन्। यसको पनि कुशलता पूर्वक जिम्मेवारी लिनुपर्ने हुन्छ।

यी कुराहरु आजको भोलि हिन्दी चलचित्रको ‘नायक’ भन्ने चलचित्रको प्रमुख पात्रले गरे जस्तो त तुरुन्त त सकिन्न। तर यही भित्र रहेर कसरी काम सम्पन्न गर्ने भन्ने विषय महत्वपूर्ण हुन्छ। काम सम्पन्न गर्न बिना स्वार्थ पूरा गर्नुपर्छ भन्ने बुझेको छु। त्यसकारण म मेरा आफन्त, शुभेच्छुक र साथीहरुलाई निराश बनाउने काम गर्दिन।

अन्य मन्त्री भन्दा तपाईं युवा र जुझारु नेतृ हुनुहुन्छ। तपाईं मन्त्री बनिरहँदा अन्य मन्त्रीहरुको दैनिकी भन्दा केही फरक पाउन सकिन्छ?

के फरक हुन्छ, के भिन्न हुन्छ भन्ने कुरा त यहाँहरुले नै मूल्याङकन गर्ने कुरा हो। यो मन्त्री मन्त्रिमण्डलमा प्रधानमन्त्रीसहित २४ जनाको टिम रहेको छ। त्यसकारण यो कुरा मैले भन्ने कुरा हैन। मलाई यो कुरा थाहा छ कि मेरो लागि हरेक मिनेटको समय महत्वपूर्ण रहेको छ।

मन्त्रालय भित्र रहेको टिमलाई त्यही रुपमा काम गर्नुपर्छ भनेको छु। यद्यपी हाम्रा योजनाहरु, कार्यक्रमहरु कस्ता छन् भनेर बेलिबिस्तार लाएर साध्य छैन।

सरकार भन्दा बाहिर बसेर विरोध गर्नु, झक्झक्याउनु र सरकारको जिम्मेवारीमै रहेर काम गर्नु कतिको फरक हुँदो रहेछ? यो छोटो समयमा केही अनुभव गर्नुभयो?

म एउटा राजनीतिकर्मी भएकाले सरकारले गरेको गलत कामको खबरदारी गरेको हो। त्यस्ता खराबीहरु रोकिनुपर्छ। त्यसकारण मैले गर्ने भनेको यिनै कुराहरुको अन्त्य गर्नुपर्दछ। त्यसरकार बाहिर बस्दा झक्झक्याउने र जनताको पक्षमा आवाज उठाउने काम गरेको हो।

तर अहिले म आफैं जिम्मेवारीमा भएकाले म माथिपनि प्रश्नहरु उठ्छन्। म पनि प्रश्नरहित मान्छे हैन। र ती प्रत्येक प्रश्नको जवाफ कामले दिने प्रयत्न गर्नेछु।

म एउटा राजनीतिकर्मी भएकाले सरकारले गरेको गलत कामको खबरदारी गरेको हो। त्यस्ता खराबीहरु रोकिनुपर्छ। त्यसकारण मैले गर्ने भनेको यिनै कुराहरुको अन्त्य गर्नुपर्दछ। त्यसरकार बाहिर बस्दा झक्झक्याउने र जनताको पक्षमा आवाज उठाउने काम गरेको हो। तर अहिले म आफैं जिम्मेवारीमा भएकाले म माथिपनि प्रश्नहरु उठ्छन्। म पनि प्रश्नरहित मान्छे हैन। र ती प्रत्येक प्रश्नको जवाफ कामले दिने प्रयत्न गर्नेछु।

अहिले मेरो भूमिका बदलिएको छ। हिजो प्रश्न गर्ने र जनताको आवाज बोल्ने ठाउँमा थिएँ। मैले आफ्नो फेसबुकमा बायो पनि लेखेको छु। म आवाजविहीन मानिसहरुको लागि आवाज उठाउने मान्छे हो।

अहिले मेरो भूमिका भनेको काम गर्ने हो। मैले अघिपनि भनिसके नायक चलचित्रको पात्रले जस्तो काम त नहोला तर मैले काम गर्नै पर्छ। त्यसकारण एक जना मन्त्रीको लागि प्रत्येक मिनेट महत्वपूर्ण छ। प्रत्येक दिन, हप्ताको कार्य योजना बनाएरै हिँड्नुपर्छ भन्ने मैले ठानेको छु।

मानौँ मन्त्रिपरिषदको टिमबाट राम्रोसँग काम गर्ने वातावरण बन्न सकेन। प्रधानमन्त्री तिब्ररुपमा काम गर्न चाहनु भएन तर एक जना मन्त्रीले मात्रैपनि काम गर्न चाह्यो भने,केही काम गर्न सक्ने अवस्था देख्नुहुन्छ?

आफ्नो मन्त्रालयको विभागीय हिसावले गर्न सकिन्छ। किनभने म आएपछि तीन ओटा मन्त्रिपरिषदको बैठक बसेको छ। एउटा बैठकमा म गुल्मी गएको थिएँ। त्यसकारण छुट्यो। तर मेरो मन्त्रालयको प्रमुख एजेण्डा थियो। तर मैले मन्त्रालयको सचिवज्यूलाई हाम्रो एजेण्डा यो छ है भनेर जानकारी दिएको थिएँ।

नयाँ पार्टी भर्खरै निर्माण भएकाले मेरो अलिक धेरै जिम्मेवारी पनि बढेको छ। त्यसकारण एउटा बैठक छुट्यो। तर मैले पहिले पहिलो र तेस्रो बैठकमा सहभागीता जनाएँ। त्यसपछि संसदका विभिन्न समितिहरु हुन्छन्।

ती समितिका बैठमामा पनि सहभागी भएँ। त्यसकारण हाम्रा प्रधानमन्त्री एकदमै थोरै बोल्ने भएपनि प्रक्रियाहरु विधिसंगत गर्ने भएकाले म आफै उपस्थिति नभएको बैठकमा पनि मेरो मन्त्रालयको एजेण्डा पास भएकाले मलाई काम गर्ने अनूकुलता छ भन्ने लाग्छ। मेरो अनुभवमा आफ्नो मन्त्रालय बाहेक अरुको मन्त्रालयमा खासै हस्तक्षेप गर्ने चलन पनि नरहेको मैले अनुभव गरेको छु।

छ महिनापछि अहिलेको मन्त्रिपरिषदमा नअटाएको नेताहरुलाई मन्त्री बनाउने कुराहरुपनि आएको छ। यदि त्यो अवस्था आयो भने तपार्इंले राम्रोसँग मन्त्रालय बुझ्न नपाउँदै बाहिरिनुपर्ने अवस्था त आउँदैन?

हामी सबै मान्छे अस्थायी हो। राजनीति प्रणाली स्थायी हो। स्थायी प्रणाली भित्र अस्थायी पात्रले आज नै मेरो अन्तिम दिन पनि हुन सक्छ भनेर बुझ्नुपर्छ। त्यसकारण म छ महिना बस्छु या तीन महिना बस्छु त्यो ठूलो कुरा हैन। म जति दिन बस्छु मैले के गरे भन्ने कुरा महत्वपूर्ण हुन्छ।

छ महिना पछि अर्को मन्त्रीपरिषद बिस्तार हुने सहमति भएको छ?

त्यस्तो कुरा भएको छैन। हुन जरुरीपनि छैन। तर प्रधानमन्त्री र पार्टी अध्यक्षले चाहँदा यी टिमहरु फेरिन नसक्ने भन्नेपनि हैन। यी कुनै सहमति हुने विषय पनि हैन। किनभने मेरो पार्टीले पठाएकै कारण म मन्त्री भएको हो। तर प्रधानमन्त्रीले तिम्रो दलबाट यो मान्छे मन्त्री बन्न सक्दैन भन्दापनि हट्नसक्ने प्रणाली हो। त्यसकारण यि सबै कुराहरु अस्थायी कुरा हुन्।

तपाईंहरुलाई एमसीसीले पनि अलिक अप्ठेरो पार्ने हो कि जस्तो पनि देखिएको छ। पछिल्लो समय प्रधानमन्त्रीको भनाइ र त्यससँग जोडिएर आएको एमालेको प्रतिक्रियाले यहाँहरुको गठबन्धनको सरकारलाई अप्ठेरो पार्ने देखिन्छ?

अगाडिको सरकारले मन्त्रिपरिषदमा यो एमसीसी दर्ता गरेको छ। त्यसकारण आज यो संसदको सम्पति हो। एमसीसी पास गर्ने या नगर्ने भन्ने विषय सरकारको हो। यो मन्त्रिपरिषदको विषय रहेन। यो संसदको विषय रहेको छ। संसदमा हामी चौथो दलको रुपमा रहेका छौँ। संसदमा अन्य धेरै दलहरुपनि रहेका छन्। त्यसकारण यो विषय संसदको हो।

यो संसदको सामान्य बहुमतले पनि पारित हुन सक्छ। दोस्रो कुरा हामीले एमसीसी के हो ? यस्का फाइदा के के छन्, यो किन आयो, भनेर हामीले जनतालाई बुझाउन नसक्दा पनि यसका केही कुराहरु उठेका छन्।

त्यसैले म अहिले यो सरकारको मन्त्री भएको नाताले यो विषयमा आफ्नो विचार दिन उपयुक्त हुँदैन। र यो विषयले गठबन्धनलाई केही पनि असर पार्दैन। यो विषय सबै पूर्ववर्ती सरकारमै भएका प्रक्रियाहरु रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.