सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

डिसी नेपाल
७ कार्तिक २०७८ २१:४७
36
Shares

काठमाडौँ ।नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ ।

गृह मन्त्रालयमा आज भएको भेटमा सरकार र नेकपा ‘विप्लव’ समूहबीच विसं २०७७ फागुन २० गते भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको हो । भेटमा विभिन्न घटनामा पक्राउ परेका बन्दीलाई कानुनसम्मत ढङ्गले रिहाई गर्ने विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री बालकृष्ण खाँड, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायधिवक्ता खम्बबहादुर खाती र नेकपा ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को सहभागीता रहेको थियो ।

भेटमा नेकपाले विभिन्न घटनामा जेल परेका कैदीबन्दी र मुद्दाको सूची तयार गरी सरकारलाई बुझाउने र सरकारले आवश्यक अनुसन्धान गरी कानूनसम्मत रुपमा मुद्दा फिर्ता लिने विषयमा छलफल भएको महान्यायधीवक्ता खातीले जानकारी दिए । ०७७ फागुन २० गते सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तत्कालीन गृहमन्त्री रामबहादु थापा र सदस्य तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई तथा नेकपाको तर्फबाट वार्ता टोलीका संयोजक पार्टी प्रवक्ता विश्वकर्मा र सदस्य पार्टी केन्द्रीय समिति सदस्य दिपकले तीन बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.