संस्कृति मन्त्री आलेलाईलाई ध्यानाकर्षण

डिसी नेपाल
७ कार्तिक २०७८ २२:१६
208
Shares

काठमाडौं । कर्णाली प्रदेश सम्पर्क कमिटीले त्यस क्षेत्रको विकास र समृद्धिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई आज ध्यानाकर्षण गराएको छ ।

कमिटीका अध्यक्ष कमल खत्रीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले सिंहदरबारस्थित कार्यालयमा मन्त्री आलेसँग भेट गरी त्यस क्षेत्रका पर्यटकीयस्थललाई नयाँ गन्तव्यका रुपमा विकास गर्न सुझाव दिएको हो । उक्त अवसरमा मन्त्री आलेले प्राकृतिक स्रोत र साधन पर्याप्त भए पनि कर्णालीको समुचित विकास हुन नसकेकाले योजनाबद्ध विकासका लागि आफू सधैँ क्रियाशील रहने प्रतिबद्धता जनाए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट उक्त कमिटीका अध्यक्ष खत्रीले त्यस क्षेत्रको विकासले समग्र मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउँदै सरकारले कर्णालीको पूर्वाधार विकासमा लगानी बढाउनपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.