नेपाल बारकाे बैठक बस्दै, प्रधान्यायाधीशका कदमबारे छलफल हुने

डिसी नेपाल
८ कार्तिक २०७८ १०:०४
52
Shares

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली विषय पेचिलो बनिरहेका बेला नेपाल बार एसोसिएसन पनि छलफलमा जुटेको छ। पछिल्लो विकसित घटनाबारे छलफल गर्न बारका पदाधिकारीबीच बिहान ११ बजे बैठक बस्न लागेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए।

प्रधानन्यायाधीश जबराले आइतबार मात्र बार र न्यायाधीशसँग छुट्टाछुट्टै बैठक गरेर आजका लागि फुलकोर्ट डाकेका थिए। तर, १४ न्यायाधीशले फुलकोर्ट बहिस्कारको निर्णय लिएपछि विषय थप पेचिलो बन्दै गएको हो।

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागवण्डा लिएपछि उनीप्रति चौतर्फी प्रश्न उठ्न थालेको हो। यसबाहेक गोलाप्रथाबाट पेसी तोक्ने निर्णय कार्यान्वयन नभएपछि बारका पदाधिकारी पनि असन्तुष्ट छन्। पूर्वन्यायाधीशहरूको फोरम र नेपाल बार एसोसिएसनले जबराले मार्गप्रशस्त गर्नुपर्ने विषय उठाउँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *