गोकुल बास्कोटाले भनेको यल्लोप्यागोडा ग्रयाण्ड डिजाइन के हो?

डिसी नेपाल
८ कार्तिक २०७८ ११:२४
252
Shares

काठमाडौं। नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले सवैधानिक अपव्याख्यामार्फत शक्तिपृथकीकरणको सिन्द्धान्त ध्वस्त पार्ने र देशलाई राजनीतिक अस्थिरताको भूमरीमा फसाउने पाँचै जना न्यायाधीशको समाधान खोज्नु पर्ने बताएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टासल लेख्दै बास्कोटाले देशलाई राजनीतिक भूमरीमा फसाउन यल्लोप्यागोडा ग्रयाण्ड डिजाइन बैठकमा सहमति जनाएको उल्लेख गर्दै अशंमा नभइ समगैमा समाधान खोज्नु आवश्यक रहेको बताएका हुन्।

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने चर्चातर्फ संकेत गर्दै उनले थप षड्यन्त्रका लागि नयाँ नाटक गर्नुको अर्थ नहुने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *