न्यायाधीशहरु आन्दोलनमा, प्रधानन्यायाधीशले थाले मुद्धाको सुनुवाई

डिसी नेपाल
१० कार्तिक २०७८ १२:४७
176
Shares

काठमाडौं। सहकर्मी न्यायाधीशहरुको आन्दोलन सामना गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधवार (आज)बाट एक्लैले मुद्धाको सुनुवाई थालेका छन्।

जबराको बर्हिगमन माग्दै सर्वोच्च अदालतका १५ जना न्यायाधीश इजलास बहिष्कार गरेर थप रणनीतिका लागि छलफलमा बसेपछि उनले बन्दीप्रत्यक्षीकरणसहितका मुद्धा राखेर आफ्नो एकल इजलासमा मुद्धाको सुनुवाई थालेका छन्।

दुइदिनसम्म पेसी तोकेपनि आफ्नो इजलास नतोकेका जबराले राजीनामा नदिने भन्दै आजबाट इजलासमा मुद्धा आफूलाई समेत तोकेका छन्। असन्तुष्ट १५ जना न्यायाधीशहरु भने जबराको बर्हिगमन किन भन्ने विषयमा साझा लिखित धारणा तय गर्न तीन दिनयता छलफलमै छन्।

सर्वोच्च अदालत एनेक्स भवनमा उनीहरु रणनीति बनाइरहेका छन्। तर जबराले भने इजलासमा सुनुवाई थालेका हुन्। सुनुवाई थालेपनि बहसका लागि कानुनव्यवसायीहरु भने इजलासमा पुगिसकेका छैनन्।

एकजना कानुनव्यवसायी इजलासमा पुगेपनि प्रधानन्यायाधीश जबराले पाँचवटा निवेदनमा आदेश दिइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.