निहारिका र बिनु हाजिरी जमानीमा रिहा

डिसी नेपाल
८ साउन २०८३ १७:३५

काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा छुटेका छन्। विगत तीन दिनदेखि प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार केहीबेर अघि हाजिरी जमानीमा रिहा गरिएको हो।

सिंहदरबार गेट अगाडि सडक अवरुद्ध गरी धर्ना बसेको र सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा उनीहरू गत बुधबार पक्राउ परेका थिए। न्याय माग्दै र गृहमन्त्रीलाई भेट्न भन्दै पुगेका उनीहरूलाई प्रहरीले रोकपछि सडकमै धर्ना दिएका थिए। त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघाइएको थियो।

निहारिका र बिनु दुवै लामो समयदेखि आआफ्ना मुद्दामा न्यायको माग गर्दै संघर्षरत रहँदै आएका छन्। निहारिकामाथि भएको अन्याय, डीएनए परीक्षण र त्यसपछिको मिलापत्र तथा बिनु यादवको बलात्कार, जबरजस्ती गर्भपतन, एकपक्षीय सम्बन्ध विच्छेदको फैसला र अदालतमा विचाराधीन मुद्दाका कारण उनीहरू निरन्तर चर्चा र आन्दोलनमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *