रवीन्द्र मिश्रले सार्वजानिक गरेको दस्ताबेज दुईतिहाइ बहुमतबाट पारित
काठमाडौं। विवेकशील साझा पार्टीको अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजानिक गरेका राजनीतिक दस्ताबेज ‘मार्ग परिवर्तनः विचारभन्दा माथी देश’ दुईतिहाइ भन्दा बढी मतले पारित भएको छ।
बिहीवार बसेको केन्द्रीय समितिको बैठकले उक्त दस्ताबेजलाई अङ्गीकार गने निर्णय गरेको हो। स्थानीय तहलाई पुर्नसंरचना र सुदृढ गर्दै संघीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेका हुन्।
त्यसै,गरी बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ।पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष थियो।
बैठकले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment