मन्त्रिपरिषद् बैठकः भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस

डिसी नेपाल
११ कार्तिक २०७८ १८:०७
396
Shares

काठमाडौं। सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत बनाउन सिफारिस गरेको हो ।

ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाएर सरकारले तीन मुलुकका लागि राजदूत सिफारिस गरेको हो ।

राजदूतमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.