मन्त्रिपरिषद् बैठकः संसद अधिवेशन अन्त्य गर्न सिफारिस
काठमाडौं ।भोलि राति १२ बजेदेखि लागु हुनेगरी सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए ।
संघीय संसदको चालु नवौँ अधिवेशन प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण चल्न सकेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment