दुई देशबीच मित्रता र सहयोगका सम्बन्धमा कुराकानी

डिसी नेपाल
११ कार्तिक २०७८ १९:२८
28
Shares

काठमाडौं।परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले आज भेट गरेका छन् । भेटमा दुई देशबीच मित्रता र सहयोगका सम्बन्धमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले कोभिड–१९ नियन्त्रणका क्रममा संयुक्त अधिराज्यका तर्फबाट प्राप्त विभिन्न सहयोगका लागि धन्यवाद दिँंदै स्कटल्याण्डमा हुन लागेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिर्वतनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २६औँ सम्मेलन (कोप–२६)मा नेपालको सहभागिताले जलवायु परिवर्तनको समस्या न्यूनीकरणका लागि नेपालको प्रतिबद्धतालाई अझ पुष्टि गर्दछ भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.