मन्त्री पौडेलद्वारा विज्ञान सङ्ग्रहालयको अवलोकन

डिसी नेपाल
२३ कार्तिक २०७८ २१:३०
20
Shares

काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको ‘बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति’ को आज अवलोकन गरेका छन् ।

मन्त्री पौडेललाई मन्त्रालयका विज्ञान हेर्ने सचिव तथा समितिका अध्यक्ष सुरेश आचार्यलगायत पदाधिकारीले समितिका काम, उपकरण र भइरहेका अनुसन्धानबारे अवगत गराएका थिए । ‘विकास समिति ऐन, २०१३’ बमोजिम गठित सो समितिको कार्यालय र गतिविधिबारे जानकारी लिन मन्त्री पौडेल त्यहाँ पुगेका हुन् । उजले विज्ञान र सूचना प्रविधिका क्षेत्रमा नयाँ नयाँ खोज अनुसन्धान गरी जनमानसमा प्रवाहित गर्न सो अवसरमा समितिका पदाधिकारीसँग आग्रह गरे ।

नेपालमा प्लानेटेरियम, बेधशाला तथा विज्ञान सङ्ग्रहालयको स्थापना, सञ्चालन तथा विकास गरी जनमानसमा वैज्ञानिक चेतना तथा संस्कारमा अभिवृद्धि गर्न, खगोल विज्ञान, खगोल भौतिक विज्ञान, अन्तरिक्ष विज्ञान तथा ज्योर्तिविज्ञानमा अध्ययन अनुसन्धान गर्न, विज्ञान तथा प्रविधिको सार्थक ज्ञानलाई जनमानसमा प्रवाहित गर्न सो समितिको स्थापना भएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *