एमाले महाधिवेशनः मैदानमा सबै सहभागी नअट्ने, मुख्य चोकमा डिजिटल स्क्रिन राख्ने

डिसी नेपाल
२४ कार्तिक २०७८ १७:०८
68
Shares

काठमाडौं। नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने १०औँ राष्ट्रिय महाधिवेशनमा जनवर्गीय सङ्गठनका एक लाख नेता तथा कार्यकर्ताको सहभागी हुने भएको छ । मैदानमा सबै सहभागी नअट्ने भएपछि बजारको मुख्य मुख्य चोकमा एमालेले डिजिटल स्क्रिन राख्न थालेको हो ।

एमालेको २२ वटा जनवर्गीय सङ्गठनका तर्फबाट महाधिवेशन उद्घाटन समारोहमा एक लाख सहभागी हुने जनसङ्गठन तथा जनपरिचालन समितिका संयोजक खिमलाल भट्टराईले जानकारी दिए । उद्घाटन समारोहमा एमालेले पाँच लाख सहभागी गराउने भएको छ । एमालेले चितवनको नारायणी नदी किरारमा रहेको खाली मैदानमा महाविधेशनको उद्घाटन समारोह गर्ने भएको छ ।

यस्तै एमालेले छिमेकी जिल्लाबाट पनि महाधिवेशनको उद्घाटनको दिन सहभागी गराउने भएको छ । एमालेले पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, पर्सा, धादिङ्, गोरखालगायत जिल्लाबाट पनि उद्घाटन समारोहमा सहभागी गराउने तयारी गरेको हो । उनका अनुसार जनवर्गीय सङ्गठनबाट सहभागी हुने नेता तथा कार्यकर्ताले हातमा नेपालको झण्डा, आ–आफ्नो सङ्गठनको ब्यानर र झाँक्रीसहित सहभागी हुनेछन् ।

यस्तै महाधिवेशनका लागि ३०० स्वम्सेवक परिचालन गरिने तयारी गरिएको छ । उद्घाटन समारोहका दिन भरतपुर बजारको मुख्य चोकमा डिजिटल स्क्रिनसमेत राखिने जनपरिचालन समितिका संयोजक भट्टराईले बताइ । मैदानमा सबै सहभागी नअट्ने भएपछि बजारको मुख्य मुख्य चोकमा एमालेले डिजिटल स्क्रिन राख्न थालेको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.