अध्यक्ष ओलीको निवासमा जनगणना

डिसी नेपाल
२५ कार्तिक २०७८ २१:४०
144
Shares

काठमाडौं ।केन्द्रीय तथ्याङ्क विभागको टोलीले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास, भक्तपुरमा आज जनगणना गरेको छ ।

अध्यक्ष ओलीको उपस्थितिमा श्रीमती राधिका शाक्यको घरमूलीका हैसियतमा सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित निवासमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ, अन्य अधिकारी, भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहित गणकको उपस्थितिमा गणना गरिएको हो ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले महिला घरमूली भएर गणना गराइनु फरक आयाम थपिएको र आजको राष्ट्रिय जनगणनाको शुभारम्भका मुख्य कार्यक्रम सबै सफल भएको जनाए । आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औँ राष्ट्रिय जनगणनाको शुभारम्भ भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.