एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज, केन्द्रीय कमिटीका लागि प्रस्ताव अनुमाेदन गरिने
काठमाडौं। सत्ता गठबन्धनको साझेदार दल नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज शुक्रबार बस्दैछ।
नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा दिउँसो २ बजे स्थायी कमिटी बैठक बस्दैछ। आठौँ बैठकले २७-२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकालाई जिम्मेवारी र भूमिका दिन निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेस गर्नेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment