कांग्रेस नेतृ कोइराला,सभापतिमा उठ्ने तयारी
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताएकी छन् । डिसी नेपालसँगको छोटो कुराकानीको सन्दर्भमा उनले पार्टीमा संस्थापन इतरका नेताहरुबीच सहमति कायम नभएको खण्डमा आफूले पनि सभापति पदमा उम्मेदवारी दिने विचार व्यक्त गरेकी हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाका अतिरिक्त रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा.शेखर कोइराला र विमेलेन्द्र निधि पनि सभापतिको होडवाजीमा छन् । तर, देउवालाई चुनौती दिन महिला उम्मेदवारको हिसाबले सुजताको उम्मेदवारी अलि भारी पर्ने उनी निकट एक नेताले बताए।तर देउवाइतर पक्षले सभापतिमा सर्वसम्मत उम्मेदवार बनाउने सहमति भएमा भने त्यसलाई समर्थन गर्ने सुजताको भनाई छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment