‘नेपाल भाषाको अभियानमा तुलाधरको योगदान अतुलनीय’

डिसी नेपाल
२६ कार्तिक २०७८ १९:२३
36
Shares

काठमाडौँ ।नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले स्वर्गीय पद्मरत्न तुलाधरले नेपाल भाषाको अभियान सञ्चालन गरेर अधिकार प्राप्तीका लागि लागेको बताएका छन्।

स्व तुलाधरको तेस्रो स्मृति दिवसको अवसरमा आज आयोजित विचार गोष्ठीमा उनले तुलाधरले सबै भाषालाई मान्यता दिनुपर्ने भनी अभियान सञ्चालन गरेको बताए । उनको सो अभियानलाई पार्टीले पनि साथ दिएको महासचिव पोखरेलले उल्लेख गरे । राष्ट्रिय पञ्चायतमा निर्वाचित भएर पनि उनले प्रजातन्त्रका लागि लागेका थिए । उनले भने, “उहाँले सधैँ नागरिकको अधिकारका लागि लड्नुभएको थियो ।”

समावेशीता र सहभागिताका क्षेत्रमा अहिलेसम्म धेरै परिवर्तन आइरहेको महासचिव पोखरेलले बताए । प्रा डा चुन्दा बज्राचार्यले नेपाल भाषालाई मान्यता दिलाउन तुलाधरको अतुलनीय योगदान रहेको उल्लेख गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *