कानुन व्यवसायीले गरे खाली इजलासमा बहस

डिसी नेपाल
२६ कार्तिक २०७८ २०:४६
100
Shares

काठमाडौं । कानुन व्यवसायीहरूले सर्वोच्च अदालतका खाली इजलासमा बहस गरेका छन् । स्वतन्त्र कानुन व्यवसायी अभियानमा आबद्ध कानुन व्यवसायीले आज खाली इजलासमा बहस गरेका हुन् ।

अधिवक्ता स्वागत नेपालसहित अनिल उपाध्याय, कृष्ण प्रसाईँ, दिपेन्द्र घिमिरे, शिरिधर न्यौपाने, नानीबाबु दहाल, पृथ्वीनाथ राई, दिपक खनाल, निर्मला दंगाललगायत १२ जना कानुन व्यवसायीले पेसी तोकेर पनि खाली रहेका सर्वोच्चका सबै इजलासहरूमा बहस गरेका हुन् । यसलाई विश्व इतिहासमै पहिलो पटक घटेको अनौठो घटनाको रुपमा हेरिएको कानुन सम्वद्ध अधिकारीहरूले बताएका छन् ।

उनीहरूले इजलास भित्रको सिसि क्यामरा र न्यायाधीशका खाली कुर्सीलाई सम्बोधन गर्दै बहस गरेका थिए । संसारमै न्यायलाई मार्ने कार्य न्यायमूर्तिबाटै हुनु मानव अधिकारको ठाडो उल्लंघन भएको उनीहरूको ठहर छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *