जनतालाई दिने सेवा सुविधा छिटोछरितो, चुरुस्त र दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन

डिसी नेपाल
२७ कार्तिक २०७८ १६:०३
24
Shares

काठमाडौं ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारका नीति तथा कार्यक्रमलाई आ–आफ्नो ठाउँबाट लागू गर्दै जनतालाई दिने सेवा सुविधा छिटोछरितो, चुरुस्त र दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्। उनले सरकारी सेवा तथा सुविधाबाट नागरिकलाई बञ्चित नगराउन र सरकारलाई सहयोग गर्न पनि सुझाव दिए ।

लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालयमा कर्मचारीलाई आज निर्देशन दिँदै मन्त्री पोखरेलले लमजुङमा रहेका बाढीपहिरापीडित, भूकम्पपीडितका समस्यालगायत जीर्ण बन्दै गएको सडक, बाटो, खानेपानी समस्या, कोरोना सङ्क्रमण न्यूनीकरण र स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले प्राथमिकथा दिने बताए ।

प्रदेशकै जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङले जिल्लाको समस्या समाधान गर्न लागिपर्नेमा जोड दिए । जिल्लामा निर्माणाधीन रहेको पिसिआर भवनका लागि करिब रु ५० लाख आवश्यक रहेको र यसका लागि प्रदेश सकारले सहयोग गर्न स्वास्थ्य कार्यालयका प्रमुख अमर दबाडीले मुख्यमन्त्रीसँग अनुरोध गरे । कार्यक्रममा प्रदेशका बिनाविभागीय मन्त्री टोबाटे विक, प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलगायत जिल्लाका सरकारी कार्यालय प्रमुख तथा कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.