लोकतन्त्रविपरीतका कार्यलाई प्रेसले खबरदारी गर्नुपर्दछः अर्थमन्त्री
कास्की ।लोकतन्त्र र जनचाहनाविपरीत हुने कार्यलाई प्रेसले खबरदारी गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले जनअधिकार कुण्ठित गर्ने र संविधान च्यात्ने निरङ्कुश प्रवृत्तिका विरुद्ध प्रेस जगत्लाई आन्दोलनमा उत्रिनसमेत आह्वान गरे ।सञ्चार जगत्लाई सामाजिक परिर्वतनको पक्षमा उभिन आग्रह गर्दै उनले भने, “सकारात्मक कुरालाई प्रेसले स्थापित गर्नुपर्ने हुन्छ । पार्टीको आन्तरिक जीवनमा देखिने लोकतन्त्र विरुद्धका कार्यमा समेत तपाईँहरू बोल्नुपर्दछ । बचनले होइन कर्मले लोकतन्त्रको सेवा गर्नुपर्दछ । काम र व्यवहारले लोकतन्त्रको पक्षमा उभिने कुरा महत्वपूर्ण हुन्छ ।”
मन्त्री शर्माले भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढङ्गले कलम चलाउन पत्रकारलाई आग्रह गर्दै अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी सशक्त भण्डाफोर गर्नसमेत अपिल गरे। समाजवादतिर अघि बढ्ने संवैधानिक अधिकार रहेको चर्चा गर्दै उनले राष्ट्रिय आत्मनिर्भरता, स्वाधिनतासहित समाजवादका लागि आवश्यक विचार, सङ्गठन, स्कुलिङ र संस्कार र व्यवहार हुनुपर्नेमा जोड दिए ।
मन्त्री शर्माले प्रेस सेन्टरले जनताको आवाजहरूमा रमाउने र स्थापित हुने कार्यदिशा तय गर्नसमेत सुझाव दिए । लोककल्याणकारी विज्ञापनलाई सबै सञ्चार संस्थाले प्राप्त गर्ने गरी व्यवस्थित गरिने जानकारी दिँदै उनले अनलाइन सञ्चारमाध्यमको मूल्याङ्कनका लागि प्रेस काउन्सिललाई आग्रह गरिएको र सोपछि अनलाइनलाई समेत लोककल्याणकारी विज्ञापन उपलब्ध गराइने बताए ।







डिसी नेपाल








Facebook Comment