कांग्रेसले प्रदेशमा महाधिवेशन गराउन तोक्यो सात नेता
काठमाडौं । नेपाली कांग्रेसले प्रदेश महाधिवेशन गराउनका लागि सात जना केन्द्रीय नेतालाई जिम्मा दिएको छ ।
सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकबाट केन्द्रीय समितिमा प्रदेश महाधिवेशनका लागि नेताहरुलाई जिम्मा दिने प्रस्ताव प्रस्तुत गरेको छ ।
जसअनुसार प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, वागमतीमा प्रकाशमान सिंह,गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुले प्रदेश महाधिवेशन संयोजन गर्ने जिम्मा पाएका छन् ।
यस्तै, आवास तथा भौतिक व्यवस्थापन संयोजनको जिम्मेवारी सुरेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन गरिने भएको छ । कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्वमात्र चयन गर्ने, विधान र नीतिबारे पछि छुट्टै भेला गर्ने भएको छ । मंसिर २४ गते महाधिवेशनको उद्घााटन गरेर २५ गते नै मतदान गर्ने तयारी भइरहेको कांग्रेसका एक नेताका बताए ।
पदाधिकारी बैठकमा भएको सहमतिलाई आजको केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ ।







डिसी नेपाल







Facebook Comment