सहमतिबाटै पार्टीलाई अगाडि बढाउनुपर्छः अध्यक्ष थापा

डिसी नेपाल
२८ कार्तिक २०७८ २३:०२
32
Shares

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले पार्टीभित्रको विवाद समाधान हुँदै गएको र सहमतिबाट नै पार्टी अघि बढ्नुको विकल्प पनि नभएकाले एकताको सन्देश दिन आफू झापा आएको बताएका छन् । पार्टीको प्रदेश नं १ कार्य समितिको प्रथम एकता अधिवेशनको आज उद्घाटन गर्दै उनले भने, “झापा राप्रपाको मुटु हो, झापाले सिङ्गो देश हाँक्ने सामथ्र्य राख्र्छ ।”

कार्यक्रममा झापा क्षेत्र नं ३ का सङ्घीय सांसद तथा नेता राजेन्द्र लिङ्देनले पार्टीमा नेतृत्वले योजना बताउन नसकेका कारण आफू भूमिकाविहीन हुन पुगेको भन्दै शीर्ष नेतृत्वले आफूलाई चिन्न नसकेको भन्दै दुःखसमेत व्यक्त गरे ।प्रदेश नं १ का अध्यक्ष राम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश १ का १४ जिल्लाका पार्टी प्रतिनिधि तथा पर्यवेक्षकको उपस्थिति रहेको थियो ।

सोमबारसम्म चल्ने राप्रपाको प्रदेश अधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । राप्रपाले आज एकै दिन देशभरका सातै प्रदेशमा अधिवेशन गरेको छ । राप्रपाले आगामी मङ्सिर ११, १२ र १३ गते केन्द्रीय अधिवेशनको गर्ने तय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.