वकिल छल्दै अदालत छिरेका प्रधानन्यायाधीशले हेरे चार मुद्दा
काठमाडौं।कानुन व्यवसायीको अवरोध छल्दै अदालत प्रवेश गरेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो एकल इजलासबाट चारवटा विवादमा सुनुवाइ गरेका छन् ।नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग्दै सर्वोच्चको मुल गेटमा धर्ना दिएपछि वैकल्पिक बाटो हुदै अदालत प्रवेश गरेका उनले सोमबार पनि १० वटा इजलास गठन गरी २९८ मुद्दाको पेसी तोकेका थिए ।
तर, असन्तुष्ट न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दा सुनुवाइ गरेका छैनन् । नेपाल बारले असन्तुष्ट न्यायाधीशहरूलाई जबराले तोकेको इजलासमा नबस्न आग्रह गर्दै पत्राचार गरे पनि न्यायाधीशहरूले भने जबराले तोकेको इजलासमा बन्दीप्रत्यक्षीकरणका रिटमा भने सुनवाइ गरेका छन् ।
प्रधानन्यायाधीश जबराले सोमबार आफ्नो इजलासमा पाँचवटा रिट सुनुवाइका लागि पेसी तोकेका थिए । तर, एउटा भने हेर्न नमिल्ने भएका कारण उनले सुनवाइ गरेनन् । बाँकी विवादमा भने उनले कैफियत प्रतिवेदन माग्ने र मिसिल झिकाउने आदेश जारी गरेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment