प्राइम कमर्सियल बैंकको १६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
२१ मंसिर २०७८ ९:३२
20
Shares

काठमाडौं। प्राइम कमर्सियल बैंकको १६५ लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले बुधवार (भोलि) साधारण सभा र लाभांश प्रयोजनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्ने छन् ।

बैंकले आ.व.२०७७ र ७८ को मुनाफाबाट शेयरधनीहरूलाई १६ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर तिर्न ०.६३१३ प्रतिशत नगद लाभांश दिने भएको छ। हाल कायम रहेको चुक्ता पूँजी रु.१६ अर्ब ८ करोड ३० लाख ३६ हजार ९ सय रहेको छ।बैंकको चौधौं वार्षिक साधारण सभा २०७८ पौष ६ गते हुने भएको छ। उक्त सभामा बैंकले सो लाभांश प्रस्ताव सम्बन्धी छलफल गरिने छ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीले पाउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.