आइएमई जनरल इन्स्योरेन्स र पर्यटन बोर्डबीच बिमासम्बन्धि सम्झौता

डिसी नेपाल
२२ मंसिर २०७८ १०:२७
28
Shares

काठमाडौँ। आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बिमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका सिइओ युगेशभक्त बादे श्रेष्ठ र बोर्डका सिइओ धनञ्जय रेग्मीले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि बोर्डका सम्पूर्ण कर्मचारीको स्वास्थ्य तथा सामूहिक दुर्घटना बिमालगायत सम्पत्ति तथा सवारीसाधनसहित आवश्यक सम्पूर्ण निर्जीवन बिमा आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्नेछ ।

आइएमई जनरल इन्स्योरेन्सका सिइओ श्रेष्ठले बोर्डसँग सम्बन्धित सम्पूर्ण कर्मचारी तथा सम्बन्धित संस्थाहरूलाई आवश्यक सम्पूर्ण निर्जीवन सेवा सर्वसुलभ तरिकाले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.