सानिमा बैंकले २० लाख ५ हजार ३०० कित्ता संस्थापक सेयर बिक्री गर्दै
काठमाडौं । सानिमा बैंकले २० लाख ५ हजार ३०० कित्ता संस्थापक सेयर विक्री गर्ने भएको छ । कम्पनीले बुधवार एक सूचना जारी गर्दै बैंकका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ ।
सेयरको मूल्य प्रतिकित्ता २२० रुपैयाँमा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ।
बैंकले तोकेको उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने बैंकले सोही सुचनामा मार्फत जानकारी गराएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment