प्राइम कमर्सियल बैंकको १६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

डिसी नेपाल
२२ मंसिर २०७८ १२:२६
88
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १६ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३८१.९० रुपैयाँ कायम भएको छ । यससँगै बुधबारको कारोबारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ३८१.९० रुपैयाँलाई आधार मानेर हुनेछ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ४४३ रुपैयाँमा भएको थियो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र  बोनसमा लाग्ने कर तिर्न ०.६३१३ प्रतिशत नगद लाभांश गरी कूल १६.६३१३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशलाई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी १६ अर्ब ८ करोड ३० लाख ३६ हजार ९ सय रुपैयाँ रहेको छ।

 

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.