एक्सेल डेभलपमेन्ट बैंकको २७ हजार २५७.२० कित्ता सेयर लिलामीमा आउँदै
काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंकले २७ हजार २५७.२० कित्ता सेयर लिलामीमा ल्याउने भएको छ। कम्पनीले गत असोज २५ देखि कात्तिम २१ गतेसम्म २४ लाख ३३ हजार ३६३.६७ कित्ता (३०%) हकप्रद सेयर बिक्री खुल्ला गरेकोमा बिक्री नभएको २७ हजार २५७.२० कित्ता शेयर लिलामीमा ल्याउने भएको हो ।
बैंकको यस सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
इच्छुक आवेदकले मंसिर २९ गतेदेखि पुस ७ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ। यसमा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको काठमाडौं, ललितपुर, पोखरा, बुटवल, बिरगञ्ज र बिराटनगर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।







डिसी नेपाल








Facebook Comment