नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं। नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। बैंकले उक्त हकप्रद जारी गर्न (मंसिर २४ गते) शुक्रबार बुक क्लोज गर्ने भएको छ। यस अनुसार आजसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
बैंकले पुस ७ गतेदेखि १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएकोछ । बैंकले १ः१ अनुपातमा १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुल्ला गर्न लागेको हो ।
यस हकप्रदमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको छ। यसमा हकप्रद सेयरमा लगानीकर्ताले पुस २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइआर सिंगल सी प्लस रेटिङ्ग प्रदान गरेको छ ।







डिसी नेपाल








Facebook Comment