दुई कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति ?

डिसी नेपाल
२३ मंसिर २०७८ १०:१९
148
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सेयर मूल्य समायोजन हुनेमा आइसीएफसी फाइनान्स र स्वाभिमान लघुवित्त रहेको छ।

आइसीएफसी फाइनान्सको १० प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको छ। समायोजन भएसँगै फाइनान्सको सेयर मूल्य  ६३९ रुपैयाँ ८२ पैसा कायम भएको छ ।  यसअघि फाइनान्सको अन्तिम कारोबार प्रतिकित्ता ७०३.८० रुपैयाँमा भएको थियो । फाइनान्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

त्यस्तै, स्वाभिमान लघुवित्तको बोनस सेयर समायोजनपछिको मूल्य नेप्सेले १९१९ रुपैयाँ ८८ पैसा निर्धारण गरेको छ । यसको ३२.३० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । यसअघि लघुवित्तको अन्तिम कारोबार प्रतिकित्ता २ हजार ५४० रुपैयाँमा भएको थियो । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३२.३० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.७० प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.