विजय लघुवित्तको वार्षिक साधारण सभा पुस २४ गते हुने, के-के छन् एजेण्डा ?

डिसी नेपाल
२ पुष २०७८ ९:५३
72
Shares
काठमाडौं। विजय लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा पुस २४ गते बस्ने भएको छ। सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न गैंडाकोट रिसोर्ट गैंडाकोटमा बिहान ११ बजेका लागि सभा आह्वान गरेको हो ।
सभामा कम्पनीले २०.०३१ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.०५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर/एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
संस्थाले सभामा गत आर्थिक वर्षको वासलात, नाफा-नोक्सनन हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
संस्थाले सभा प्रयोजनका लागि पुस १२ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार, पुस ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागी हुन र लाभांश सुरक्षित गर्न सक्ने छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.