ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२ पुष २०७८ ११:३४
156
Shares

काठमाडौं। साताको कारोबारको अन्तम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ। शुक्रबार छापावाला सुनको मूल्य ९४ हजार रुपैयाँले कारोबार भइरहेको छ।

बिहिबार ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजारले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यता, चाँदीको मूल्य भने १ हजार २ सय ५० रुपैयाँ रहेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । बिहिबार चाँदी १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ५ सय ९० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७२ रुपैयाँ  कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.