दुई बैंकको सेयर मूल्य समायोजन, कुनको कति ?

डिसी नेपाल
४ पुष २०७८ १०:०९

काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले आज दुई बैंकको सेयर मूल्य समायोजन गरेको छ। नेप्सेले आइतबार सनराइज बैंक र प्रभु बैंकको सेयर मूल्य समायोजन गरेको हो।

सनराइज बैंकको ६.६५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य २ सय ५४ रुपैयाँ १० पैसा निर्धारण गरेको छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता २ सय ७१ रुपैयाँमा भएको थियो।

यस्तै, प्रभु बैंकको १२ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन भएसँगै बैंकको सेयर मूल्य २ सय ९४ रुपैयाँ ७३ पैसा रहेको छ।  यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ३ सय ३० रुपैयाँ १० पैसामा भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *