आईपीओ निष्कासनको प्रस्तावसहित शुभम पावरले डाक्यो पुस २३ गते साधारण सभा

डिसी नेपाल
४ पुष २०७८ १३:४८

काठमाडौं । शुभम पावरले पुस २३ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा कमलादी, काठमाडौंमा बिहान ११ भुर्चअल माध्यमाबाट सुरु हुने भएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्नेछ ।

साथै सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव समेत पारित गर्ने छ । साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले पेश गर्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *