मितेरी डेभलपमेन्ट बैंकले डाक्यो पुस २८ गते साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं। मितेरी डेभलपमेन्ट बैंकको १६औं वार्षिक सधारण सभा पुस २८ गते हुने भएको छ । १४ प्रतिशत लाभांश पारित गर्न सभा सुनसरी उद्योग वाणिज्य संघ धरानमा बिहान ११ बजे सुरु गर्ने भएको छ ।
सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १३.३० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। साथै, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ । सभामा कम्पनी अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार पुस १३ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र लाभांश सुरक्षित गर्न सक्नेछन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment