४० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न नेपाल क्लियरिङ हाउसले डाक्यो साधारण सभा
काठमाडौं । नेपाल क्लियरिङ हाउसको दशौं वार्षिक साधारण सभा पुस २८ गते बस्ने भएको छ। सभा होटल, र्याडिसन लाजिम्पाट काठमाडौंमा दिउँसो १२.१५ बजे सुरु हुने भएको छ ।
सभामा आर्थिक वर्षा २०७७/७८ को मुनाफाबाट ३८ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न २ प्रतिशत नगद लाभांश गरि कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव पेस गर्ने भएको छ। साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश गर्ने भएको छ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment