मानुषी लघुवित्तको तेस्रो वार्षिक साधारण सभा २९ पुसमा, के-के छन् एजेण्डा ?
काठमाडौँ। मानुषी लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ। सभा लहरीखर्क रिसोर्ट, साँगा बनेपामा बिहान १०ः३० बजे सुरु हुने भएको छ।
सभामा लघुवित्तको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ । साथै, कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । यस्तै, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ ।
सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन गर्ने र आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ति र पारिश्रमीक अनुमोदन गर्ने भएकोछ
सभा प्रयोजनका लागि पौष १५ गतेदेखि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पौष १४ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।







डिसी नेपाल








Facebook Comment