१२.७० प्रतिशत लाभांश पारित गर्न सूर्या लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा

डिसी नेपाल
८ पुष २०७८ ११:०८
44
Shares

काठमाडौँ। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको तेह्रौं वार्षिक साधारण सभा पुस १५ गते हुने भएको छ । लाभांश पारित गर्न सभा  होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ११ बजे सुरु हुने भएकोछ। सभा भर्चुअल माध्यमबाट बस्ने भएको छ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १२.७० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.६६ प्रतिशत नगद लाभांश दिने विशेष प्रस्ताव पेश गर्ने भएको छ। यस साथै, कम्पनीले विद्यमान संस्थापक र सर्वसाधारण शेयर स्वामित्वको ६०ः४० को संरचनालाई परिवर्तन गरि ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पेश गर्ने भएको छ।

त्यस्तै, आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण  सम्बन्धि छलफल गरि पारित गर्ने एजेण्डा पनि रहेको छ ।

कम्पनीले सभा प्रयोजनको लागि पुष ९ गतेदेखि पुष १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुष ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.