७ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

डिसी नेपाल
८ पुष २०७८ ११:१७
116
Shares

काठमाडौं। साताको कारोबारको पाँचौ दिने बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार छापावाला सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँले कारोबार भइरहेको छ।

बुधबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सयले घटेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भई रहेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ९ सय ९० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८० रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.