बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
८ पुष २०७८ ११:३६
72
Shares

काठमाडौं। बिहीबार बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हाे । बुटवल पावरले ११ पुसमा बुक क्लोज गर्दैछ । ९ र १० गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुनेछ । यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नुपर्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्न २६ पुसमा वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय वानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.