वीरगञ्ज भन्सार कार्यालयबाट पाँच महिनामा ८८ अर्ब राजस्व सङ्कलन

डिसी नेपाल
८ पुष २०७८ १२:३५
32
Shares

काठमाडौँ। मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा पाँच महिनामा ८८ अर्ब ६९ करोड ९२ लाख राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्ष को पहिलो पाँच महिनाको तुलनामा चालू आवको पहिलो पाँच महिनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व सङ्कलन गर्न सफल भएको हो ।

आर्थिक वर्ष २०७८/७९ को साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनामा ३० अर्ब ५३ करोड ९२ लाख बढी अर्थात ८८ अर्ब ६९ करोड ९२ लाख राजश्व सङ्कलन भएको छ ।  यो गत आवको तुलनामा ५२.५० प्रतिशत बढी हो । गत आर्थिक वर्ष २०७७/७८ को सोहि अवधिमा ५८ अर्ब १५ करोड ९९ लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको थियो।

विभागलले चालू आवको साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा रु ८२ अर्ब ६१ करोड २५ लाख राजस्व सङ्कलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्यभन्दा ६ अर्ब आठ करोड ६६ लाख बढी राजस्व सङ्कलन गर्न सफल भएको सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थलागयत वस्तुको आयात बढेकाले राजस्व सङ्कलनमा सुधार देखिएको बताए ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ५४ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकामा कार्यालयले लक्ष्यभन्दा तीन अर्ब ४२ करोड ४१ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको थियो । नेपालका लागि हुने इन्धन आयातबाट सङ्कलित राजस्वमा ३५ प्रतिशत र सवारीसाधन आयातबाट २५ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.