सिद्धार्थ बैंकले ल्यायो ५-१०-१५ क्यासब्याक योजना

डिसी नेपाल
८ पुष २०७८ १२:४३
152
Shares

काठमाडौँ  । सिद्धार्थ बैंकले १९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकको सुविधा तथा ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ आज पुस ७ गतेदेखि क्यासब्याक योजना ल्याएको छ।

यस योजनाअन्तर्गत ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यी सेवा प्रयोग गरी कारोबार गर्दा ग्राहकले पाचौँ कारोबार रकमको ५ प्रतिशत (अधिकतम रु. १००), दसौँ कारोबार रकमको १० प्रतिशत (अधिकतम रु. १५०) र पन्ध्रौँ कारोबार रकमको १५ प्रतिशत (अधिकतम रु. २५०) नगद क्यासब्याक पाउन सक्नेछन्।

यस योजनाले ग्राहकलाई नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबारतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ। आफ्ना ग्राहकको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै बैंकले विभिन्न समयमा यस्ता योजनाहरु ल्याउने क्रममा ग्राहकको उत्साहजनक सहभागिता रहँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.