नेपाल राष्ट्र बैंकले सिक्का छपाइका लागि छान्यो ९ अन्तर्राष्ट्रिय कम्पनी
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सिक्का छपाइका लागि ९ अन्तर्राष्ट्रिय कम्पनी छनोट गरेको छ। सिक्काको डिजाइन, छपाइ तथा वितरणको व्यवस्थापनका लागि बैंकले गत सेप्टेम्बर १६, २०२१ मा जारी गरेको अन्तर्राष्ट्रिय बोलकबोलमा परेका दरखास्तहरू मध्येबाट ९ वटा कम्पनीहरुलाई प्रारम्भिक चरणमा छनोट गरेको हो ।
बैंकका अनुसार प्रारम्भिक छनोट चरणमा चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिनटिङ्ग कर्पोरेसन, मिनिका पोलस्का एस.ए पोल्याड, मिनकोभिना किमिनिका स्टेन्नी पोड्निक स्लोभाकिया, मिन्ट आफ फिनल्यान्ड, रियल कासा डी ला मोनिडा स्पेन, रोयल क्यानडियन मिन्ट क्यानडा, रोयल डुट्थ मिन्ट द नेदरल्यान्ड, सेकुरिटी प्रिन्टिङ एण्ड मिन्टिनिङ्ग कर्पोरेसन आफ इन्डिया लिमिटेड र द रोयल मिन्ट लिमिटेड युनाइटेड किङ्डम छनोटमा परेका छन् ।
अब यी कम्पनीहरुबाट बैंकले अन्तिम नामावाली छनोट गर्नेछ ।








डिसी नेपाल








Facebook Comment