१२.५३ अङ्कले बढ्यो नेप्से परिसूचक, ४ अर्ब ४९ करोड माथिको कारोबार
काठमाडौं । बिहिबार नेप्से परिसूचक बढेको छ । बिहिबार नेप्से परिसूचक १२.५३ अङ्कले बढेर २ हजार ५२०.२३ विन्दुमा पुगेको छ । यस्तै, ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ परिसूचक भने ०.१० अङ्कले बढेर ४७७.३६ मा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको ८३ लाख २३ हजार ९२३ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४१० रुपैयाँको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेको छ। यस कम्पनीको ३६ करोड २४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ६ हजार ८ सय रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : गोर्खाज फाइनान्स र अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूह मध्ये १० वटा उपसमूह बढेको छ भने ३ वटा उपसमूह ओरालो लागेको छ । सबै भन्दा बढी निर्जीवन बिमा उपसुचक बढेको छ भने फाइनान्स उपसुचक ओरालो लागेको छ ।
बिहिबार सबै भन्दा शिखर इन्स्योरेन्स र बरुण हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने सबै भन्दा बढी गोर्खाज फाइनान्स र सिमिलिंग पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment