ज्योति विकास बैंकसहित ३ कम्पनीको सेयर मूल्य समायोजना, कुनको कति ?

डिसी नेपाल
९ पुष २०७८ ८:५१
64
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ३ कम्पनीको सेयर मूल्य समायोजना भएको छ । सेयर मूल्य समायोजन हुनेमा ज्योति विकास बैंक, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र एनएमबि लघुवित्त वित्तीय संस्था रहेको छ।

ज्योति विकास बैंकको ११ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो । समायोजनापछि सेयर भाउ ४ सय ३ रुपैयाँ १५ पैसा निर्धारण गरेको छ। नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ४ सय ४७ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

सूर्या लाइफ इन्स्योरेन्सको १२.७० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय ३८ रूपैयाँ ८६ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । यस अघि नेप्सेमा इन्स्योरेन्सको अन्तिम सेयर मूल्य ७ सय २० रुपियाँ रहेको थियो। नेप्सेले यहि मूल्यलाई आधार मानेर सेयर मूल्य समायोजन गरेको हो।

एनएमबि लघुवित्त वित्तीय संस्थाको २१.५० प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको छ। नेप्सेले प्रतिकित्ता १ हजार ५३ रूपैयाँ ५० पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । यस अघि नेप्सेमा इन्स्योरेन्सको अन्तिम सेयर मूल्य १ हजार २ सय ५० रुपियाँ रहेको थियो। नेप्सेले यहि मूल्यलाई आधार मानेर सेयर मूल्य समायोजन गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.