३०.५१ अङ्कले घट्यो नेप्से परिसूचक, ८ अर्ब ३ करोड माथिको कारोबार

डिसी नेपाल
२८ पुष २०७८ १५:२४
72
Shares

काठमाडौं । साताको कारोबारको चौथौ दिन बुधबार नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ३०.५१ अङ्कले घटेर  २ हजार ८०३.६२ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको १ करोड ६१ लाख ४७  हजार ३९० कित्ता शेयर खरिद बिक्री हुँदा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ। यस कम्पनीको २८ करोड ६९ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय रुपैयाँ कायम भएको छ।  त्यसपछि क्रमश : हाइड्रो इलेक्ट्रीसिटि इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट र अपि पावर कम्पनीको कारोबार भएको छ ।

बुधबार बढेको सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल इन्फरस्ट्रक्चर बैंक, नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलबिद्युतको सेयरमा सर्किट लगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.