आइपिओ निष्काशन गर्न ट्रेड टावरले नियुक्त गर्‍यो बिक्री प्रबन्धक

डिसी नेपाल
१७ माघ २०७८ १४:३९
408
Shares

काठमाडौं । ट्रेड टावर ग्रुपको प्यारेन्ट कम्पनी ट्रेड टावर लिमिटेडले ११ लाख ५८ हजार ९८० कित्ता आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँको अंकित दरमा ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आइपिओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा  ट्रेड टावरका कार्यकारी अध्यक्ष शिवहरी दंगाल र लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

ट्रेड टावर ग्रुपले थापाथालीमा ट्रेड टावर सञ्चालन गर्दै आइरहेको छ भने गौशालामा ट्रेड टावरको निर्माण कार्य अगाडी बढाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.